युभेन्ट्सलाई हराउँदै नापोलीको शानदार जित

   २ फाल्गुन २०७७, आईतवार १६:१२  

२ फागुन, रौतहट । इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा नापोलीले सानदार जित निकालेको छ । खेलमा युभेन्ट्सलाई १-० ले हराउँदै जित हासिल गरेको हो ।

घरेलु मैदानमा नापोलीका लोरेन्जो इन्सिग्नेले खेलको ३१औँ मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरे।

जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अङ्क जोडेको छ ।हारसँगै तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अङ्क छ । शीर्ष स्थानको मिलानको ४९ अङ्क छ ।