अर्काे बिहे गर्दै दिया मिर्जा
२ फागुन, रौतहट ।
बलिउड कलाकार दिया मिर्जाले यो वर्ष आफ्ना सम्पूर्ण फ्यानहरुलाई सबैभन्दा ठूलो सप्राइज दिइन्। उनले १५ फेब्रुअरीमा व्यवसायी वैभव रेखीसँग बिहे गर्ने भएकी छन्।
दियाको बिहेको खबर अहिले बलिउडप्रेमी माझ चर्चित छ। यो खबरले उनका फ्यानहरु निकै उत्साहित बनिरहेका छन्। धेरै सुन्दर जोडी भन्दै सफल दाम्पत्य जीवनको शुभकामाना पनि दिइरहेका छन्।
पहिलो बिहे असफल भएपछि दोस्रो विवाह बन्धनमा बाँधिन लागेकी दियाको पहिलो प्रेम कथा पनि सबैले याद गरिरहेका छन्। दियाबारे चासो राख्ने सबैलाई थाहा छ, अहिले बिहे हुन लागेका वैभव भन्दा पहिले उनको जिन्दगीमा साहिल सांगा थिए। साहिलसँग १० वर्ष बिताएकी थिइन् दियाले।
यी दुईले जिन्दगीका निकै रमाइला पलहरु सँगै बिताएका थिए। एजेन्सी