रेखा आफ्ना पिताको अन्तिम संस्कारमा किन सामेल भइनन्

   १ फाल्गुन २०७७, शनिबार १२:१५  

१ फगुन, रौतहट ।

बलिउड अभिनेत्री रेखाको जीवन बालापनदेखि लिएर वैवाहिक जीवन पनि उनको पीडादायी छ । यद्यपि, उनले आफ्नो करियरमा समेत ठूलो सफलता हासिल गरिन् ।

साउथ फिल्मका चर्चित अभिनेता जेमिनी गणेशन र चर्चित अभिनेत्री पुष्पावलीकी छोरी रेखाको सम्बन्ध आफ्ना पितासँग कहिल्यै राम्रो भएन ।

उनी आफ्ना पितालाई घृणा गर्छिन् । पिताप्रतिको घृणा कै कारण उनी उनको अन्तिम संस्कारमा समेत सामेल भइनन् ।

रेखाले कहिल्यै आफ्ना पिताको थर आफ्नो नामको पछाडि जोडिनन् । पिता साउथका किंग अफ रोमान्स का नामले चिनिन्थे । उनका पिता गणेशनसँग विवाहभन्दा पहिले नै उनकी आमा पुप्षावली गर्भवती भइन् र रेखाको जन्म भएको थियो । उनका पिताले चारवटा विवाह गरे तर रेखाकी आमालाई कहिल्यै पत्निको दर्जा दिएनन् । एजेन्सी