वर्षमा एउटा फिल्ममा मात्र काम गर्न अभिनेता; आमिर खान

   ३० माघ २०७७, शुक्रबार १५:५२  

 

३० माघ, रौतहट ।

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने ध्याउन्नमा छन् । त्यसका लागि उनी दिनरात नभनी मेहनत गरिरहेका छन् । आमिर वर्षमा एक फिल्ममा मात्र काम गर्न रुचाउछन् । यो उनको काम गर्ने शैली नै हो ।

तर अब भने यी अभिनेताले आफ्नो शैलीलाई परिवर्तन गर्दैछन् । किनकी ‘लाल सिंह चड्डा’पछि आमिर तीन फिल्ममा व्यस्त हुँदैछन् । त्यहीकारण उनले एकैपटक दुई फिल्मको सुटिङ गर्ने योजना बनाएका छन् ।

फिल्म ‘लाल सिंह चड्डा’पछि आमिरको हातमा टी–सिरिजका संस्थापक गुलशन कुमारको बायोपिक फिल्म ‘मोगुल’, स्पेनिस फिल्म ‘क्याम्पिओनेस’को रिमेक फिल्म र अर्को एक बायोपिक फिल्म छ ।

फिल्म ‘मोगुल’ आमिर र गुलशनका छोरा भूषण कुमार संयुक्त रुपमा निर्माण गर्दैछन् । जसमा आमिरले गुलशन कुमारको भूमिका निभाउनेछन् । यो फिल्मको छायांकन यसै वर्षको मध्यमा सुरु हुनेछ । एजेन्सी