झाँक्रीलाई रिहाइ नगरे देशव्यापी आन्दोलन; युवा संघ

   २९ माघ २०७७, बिहीबार १५:५०  

२९ माघ, रौतहट । प्रचण्ड(माधव पक्षकी रामकुमारी झँक्रीलाई तत्काल रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ नेपालले चेतावनी दिएको छ ।

प्रहरीले घरबाटै पक्राउ गरिएका झँक्रीलाई रिहाइ नगरेमा देशव्यापी रुपमा आन्दोलन गर्ने युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।

‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधी वेहरी सिर्जना गर्ने चेतावनी समेत दिन चाहान्छौ’, युवासंघले विज्ञप्तिमार्फत भनेको छ ।

साथै उक्त आन्दोलनबाट हुने सवै क्षतिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने युवासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।