प्रचण्ड-माधव पक्षकी रामकुमारी झाँक्री पक्राउ

   २९ माघ २०७७, बिहीबार १३:३०  

 

२९ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा पक्राउ पुर्जी लिएर प्रहरीले भर्खरै झाँक्रीको घरमा पुगेको छ ।
उनकै घर शंखमुलबाटै आज प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेर पक्राउ गरेको हो । सोधपुछका लागि बोलाए पनि उपस्थित नभएपछि प्रहरी घरमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।

झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् ।

‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे, समेत झाँक्रील भनेकी थिइन् ।