पूर्वसांसद गङ्गादत्त जोशीको आज निधन
२८ माघ, रौतहट । पूर्वसांसद गङ्गादत्त जोशीको आज निधन भएको छ ।
हृदयाघातका कारण बुधबार बिहान जोशीको ८४ वर्षका उमेरमा निधन भएको हो ।
केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको छ ।
कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भने, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।”
उनको शव महाकाली अस्पतालमा राखिएको छ ।