राष्ट्रिय महिला फुटबल लिगः एपीएफको शानदार जित
२६ माघ, रौतहट । राष्ट्रिय महिला फुटबल लिगमा एपीएफले शानदार जित हात पारेको छ । एपीएफले एन्फा कम्प्लेक्स सोमवार सातदोबाटोमा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारी ९साम्बा०ले ह्याट्रिक सहित ८ गोल गरिन् । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २-२ गोल गरिन् । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल गरे ।
यससँगै शीर्ष स्थानको एपीएफले लिगमा लगातार सातौं जित हात पारेको छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।
चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।