दुई बालिका बलात्कृत, ४७ वर्षीय आरोपी पक्राउ
२६ माघ, रौतहट । एकैसाथ दुई बालिका बलात्कृत भएकी छन् । महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा बस्ने स्थानीय ९ वर्षीया र ११ वर्षीया गरी दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जबरजस्ती करणी गरेको अभियोगमा एकडारा ४ बस्ने ४७ वर्षीय पुरन राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।
बिष्टका अनुसार शनिबार साँझ करिब ५ः३० बजेको समयमा राउतले गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारीको खेतमा दुवै बालिकामाथि जबर्जस्ती गरेको आरोप लगाइएको छ ।
त्यहाँबाट भागी बालिकाहरु घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताए । पीडित बालिकाका आमा बाबुले जिल्ला प्रहरी कार्यालयमा फोन गरी घटनाबारे जनाएका थिए ।
बलात्कार खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले आरोपित राउतलाई शनिबार नै गए राति १०ः०० बजे पक्राउ गरिएको थियो ।
पक्राउ परेका राउतलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






