कंगनाको प्रहार
२५ माघ, रौतहट ।
बलिउड अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा अन्य सेलेब्रिटी तथा प्रयोगकर्ताहरूमाथि निर्मम प्रहार गर्ने गरेकी छन् ।
उनको तेवर देख्दा कमै मानिस मात्र उनीसँग भिड्न तयार हुन्छन् । उनले जसलाई पनि नडराइकनै मुखभरिको जवाफ दिन्छिन् ।
कंगनाको यही शैलीका कारण केही मानिस चिन्तित भएर उनीबाट बच्ने कुनै खोप छैन भनी सोधिरहेका छन् ।
लेखक तथा सम्पादक समीरा सूदले ट्विटरमा यो प्रश्न गरेकी हुन् ।
यसको उत्तर गायिका सोना महापात्राले दिएकी छन् । उनको जवाफ सुनेर मानिसहरू हाँसिरहेका छन् । एजेन्सी