कोरोनाका कारण एक वृद्ध महिलाको मृत्यु

   २५ माघ २०७७, आईतवार ११:१९  

 

२५ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ६ बस्ने ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान करिब ४ः३० बजेको समयमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गराउँदा यही माघ १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उपचारका लागी माघ १८ गते कर्णाली प्रदेश अस्पतालको आईसीयु कक्षमा उनी भर्ना भएकी सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मृतक महिलामा उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग समेत रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाएको छ ।