संसद विघटनविरुद्ध आज कांग्रेसको तेस्रो चरणको विरोध प्रदर्शन

   २४ माघ २०७७, शनिबार १२:२१  

२४ माघ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर संसद विघटन विरुद्ध तेस्रो चरणको विरोध प्रदर्शन गरेको छ ।

तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा विरोध प्याली र सभा गर्दैछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरिएको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम रहेको भन्दै कांग्रेस आन्दोलित भएको छ ।