नेपाललाई चीनले पाँच लाख डोज कोरोना खोप दिने
द नेपाल मिडिया
२४ माघ २०७७, शनिबार ११:२१
२४ माघ, रौतहट । नेपाललाई चीनले पाँच लाख डोज कोरोनाभाइरस विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख डोज भ्याक्सिन अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयमा भएको छलफलमा नेपाललाई खोप उपलब्ध गराउने चीनले प्रतिवद्धता जनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।