आज आयोजित सभा सम्बोधन गर्दै; प्रधानमन्त्री ओली
२३ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा आयोजित सभा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार नारायणहिटी दरबार संग्राहलय अगाडि गरेको सभा इतिहासकै ठूलो भएको बताइएको हो ।सभालाई सम्बोधन गर्दै ओलीले सभामा आउन नदिन प्रचण्ड–नेपाल पक्षले नेपाल बन्द गरेर तर्साउन खोजिएको बताएका छन्।
वर्तमान, इतिहास र देश बनाउने संकल्प बोकेकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल भएको र आजबाट यसको फैसला भएको प्रधानमन्त्री ओलीले बताए । साथै अझै पनि कतिपय मानिसहरुमा कुन पक्ष सक्कली हो, भने अन्योल र अलमल रहेको छ ।
तर, सभा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने मूल पार्टी यही हो, तपाईं–हामी जहाँ छौँ । यो कम्युनिस्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो । देशकै ठूलो पार्टी हो ।’






