मैत्रीपूर्ण खेलमा पत्रकार विजयी

   २२ माघ २०७७, बिहीबार २०:४३  

२२ माघ, रौतहट । रौतहटको गौरमा नेपाल पत्रकार महासंघ र रौतहट क्रिकेट संघ विच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम विजयी भएको छ ।

क्रिकेट संघको खेल मैदान राइसमिल मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिंग गरेको रौतहट क्रिकेट संघले निर्धारित १६ ओभरको खेलमा ७ विकेट गुमाउदै ९० रनको योगफल तयार पारेको थियो ।

९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको महासंघको दुई ओपनर ब्याट्सम्यान स्मिथ रजक र सन्तोष पौडेल ९ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्यलाई पूरा गरेको थियो ।

मैत्रीपूर्ण खेलमा रौतहट क्रिकेट संघलाई पत्रकारको टोलिले १० विकेटले पराजित गरेको हो।

बलिंगमा २ विकेट लिएका स्मिथले ब्याटिंगमा अविजित रहदै ७४ रन बनाएका थिए ।