नेकपाका सदस्य वाग्लेको सवारी दुर्घटनामा परी मृत्यु
२२ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्य तथा सर्लाहीका ईन्चार्ज डाचाराज वाग्लेको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
बुधबार गएराति करिब ९ बजेको समयमा नयाँरोड(बरहथबा सडक खण्डमा मोटरसाइकल ठोक्किदा उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।
ज. १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वाग्लेको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक वाग्लेको शव पोष्मार्टका लागी जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।