आम हड्ताल सफल बनाउन सडकमा आए प्रचण्ड
२२ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज गरिएको आम हड्ताल सफल बनाउन सडकमा आएका छन् ।
बिहीबार घोषित आम हड्ताल सफल बनाउनका लागि प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा आएका हुन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा प्रचण्ड-नेपाल पक्षले आज नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
सरकार विरुद्ध गरेको हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् ।






