अदालतले पठायो कंगनालाई पत्र

   २० माघ २०७७, मंगलवार १३:०९  

२० माघ, रौतहट ।

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध लेखक जावेद अख्तरको मानहानिको मुद्दामा अदालतले सुनुवाइ गर्दै कंगनालाई पत्र पठाएको छ । सुनुवाइको क्रममा मुम्बई प्रहरीले अदालतसामु थप अनुसन्धान आवश्यक रहेको बताएको थियो । त्यसपछि कंगनालाई आफ्नो बयान दर्ता गराउन उपस्थित हुनका लागि पत्र पठाएको हो ।

जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए । अन्धेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले २०२० को डिसेम्बरमा जुहु प्रहरीलाई जावेदको मानहानिको आरोपमा थप छानबिन गर्न निर्देशन दिएको हो ।

कंगनाले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नोबारेमा आपत्तिजनक बयान दिएको आरोप जावेदले लगाएका थिए । यसअघि पनि प्रहरीले कंगनालाई बयान दर्ता गराउन पत्र पठाएर बोलाइसकेको थियो । एजेन्सी