सलमानको पहिला कमाई कति थियो

   १८ माघ २०७७, आईतवार १४:३३  

 

१८ माघ, रौतहट ।

बलिउड अभिनेता सलमान खान बलिउडमा सबैभन्दा धेरै कमाउने मध्येका एक हुन् ।

उनका धेरैजसो फिल्मले बक्स अफिसमा रेकर्ड तोड्छन् ।

एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो पहिलो स्यालरी ७५ हजार रुपैयाँ भएको बताएका छन् ।

उनले भने, ‘मेरो साथी त्यहाँ डान्सका लागि गएको थियो, उसले नै मलाई त्यहाँ लिएर गएको थियो, त्यसपछि म क्याम्पा कोलामा काम गर्न थालेँ, त्यहाँ मैले ७५० रुपैयाँसम्म पाएँ, फेरि लामो समयपछि १५०० रुपैयाँ पाएँ, त्यस्तै मैले मैँने प्यार किया मा ३१ हजार रुपैयाँमा साइन गरेको थिएँ ।’ एजेन्सी