संसद विघटनविरुद्ध आज दहाल-नेपाल माइतीघरमा धर्नामा बस्दै
१८ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष दहाल-नेपाल पक्षले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गर्दै आज दहाल-नेपालसहित माइतीमण्डलामा धर्नामा बस्ने भएका छन् ।
कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आइतबार माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।
गत पुस ५ गते नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवधानि र अनौपचारिक रहेको भन्दै पुस ५ यता प्रचण्ड-नेपाल पक्षले आन्दोलित भएका हुन् ।
दाहाल-नेपाल समूहले काठमाडौँमा यही माघ २८ गते (बुधबार)को दिन ‘बृहत शक्ति प्रदर्शन’ को तयारी समेत गरेको स्रोतले जनाएको छ । ।