चितवन जादैँ; प्रधानमन्त्री केपी ओली
१७ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदैछन् ।
केन्द्रीय बस टर्मिनल भरतपुरमा चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।






