बलिउड अभिनेता शरमन जोशीका पिताको निधन

   १६ माघ २०७७, शुक्रबार १४:११  

 

१६ माघ, रौतहट ।

बलिउड अभिनेता शरमन जोशीका पिता तथा दिग्गज थिएटर कलाकार अरविन्द जोशीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार उनी मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत थिए । शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

अरविन्द जोशी गुजराती थिएटर कलाकार र निर्देशकका रुपमा चिनिन्छन् । अरविन्दका पत्नी र दुई सन्तान छोरा शरमन र छोरी मानसी जोशी राय रहेका छन् । एजेन्सी