स्रोत नखुलेको ३८ लाखको चेकसहित पाँच जना फेला

   १६ माघ २०७७, शुक्रबार १३:१५  

१६ माघ, रौतहट । स्रोत नखुलेको ३८ लाख ७ हजार नगदसहित पाँच जना पक्राउ गरेका छन् ।

काठमाडौं महानगरपालिका २२, न्यूरोडबाट उनीहरुको साथबाट २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेकसमेत बरामद भएको प्रहरीले जनाएको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा उनीहरुलाई चेक जाँच गर्दा ३८ लाखको चेकसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तमाङ, हुम्लाको सर्केगाड गाउँपालिका १ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत र मकवानपुरको थाहा नगरपालिका ११ बस्ने २७ वर्षीया सानुमाया तमाङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।