आफ्नै छोरीलाई हत्या गर्ने बाबु पक्राउ

   १४ माघ २०७७, बुधबार १३:३५  

१४ माघ, रौतहट । आफ्नै २ वर्षीया छोरीको हत्या गरेको आरोपमा अर्घाखाँचीबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शितगैगा नगरपालिका २ झिर्रा का २४ वर्षीय सन्तोष घिमिरे रहेको प्रहरीले जनाएको हो । घिमिरेलाई मंगलबार दिउँसो नै प्रहरीले पक्राउ गरिएको थियो ।

घरमा कोही नभएको अवस्थामा उनीे आफ्नै छोरीको हत्या गरेको गोप्य सूचना प्राप्त हुन् साथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।