किन फेयरनेस क्रिमको विज्ञापनमा प्रियंकालाई पछुतो लाग्छ
१३ माघ, रौतहट ।
बलिउड तथा हलिउडमा आफ्नो अभिनयका कारण चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा आजभोलि सामाजिक सन्जालमा निकै एग्रेसिभ हुन थालेकी छिन् ।
अनि पछिल्लो समय उनको अन्तर्वार्ताको क्रम पनि बढ्न थालेको छ ।
यहीबीच उनले एक अन्तर्वार्तामा आफूले जे कुरामा पछुतो मान्छिन्, त्यसबारे बोलेकी छिन् । चोपडाले फेयरनेस क्रिमको विज्ञापनमा आफूले काम गरेकोमा सबैभन्दा बढी पछुतो लाग्ने बताएकी हुन् ।
यसबारे उनले आफ्नो किताबमा पनि लेखेको बताएकी छिन् । उनको पुस्तक अनफिनिस्ड केही समयपछि बजारमा आउँदैछ । एजेन्सी