संसद विघटनविरुद्ध परेका रिटमाथि आज पनि सुनुवाइ हुँदै
१३ माघ, रौतहट । संसद विघटनविरुद्ध परेका रिटमाथि आज ११ औँ दिन पनि सुवुवाइ सुरु भएको छ । सोमबार दिउँसो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले नै आज पनि बहस सुरु गरेका हुन् ।
सोमबार उनको बहस नसकिएपछि मंगलबार पनि निरन्तरता दिएका छन् । आज पनि निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ । विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन् । तर यी सबैले बहस भने गर्नेछैनन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो ।
साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो ।