बलात्कार र लुटपाट गरेर फरार भएका व्यक्ति फेला
१२ माघ, रौतहट । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ गुन्टे गाउँका एक युवतीलाई मोटरसाइकलमा घर र्पुयाइदिन्छु भन्दै एकान्तस्थानमा लगी एक जनाले बलात्कार र गहना लुटपाट गरेको छ ।
जबरजस्ती करण र लुटपाट गरी फरार भएका २४ वर्षीय कैलास (रोहन नेपाली)लाई प्रहरीले पक्राउ गरिएको हो ।
गत असोज १५ गते बेलुका एक युवतीलाई घर र्पुयाइदिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी जुगल गाउँपालिका ४ स्थित मान्जे भन्ने ठाँउमा लगी उनले बलात्कार र गहना लुटपाट गरेका थिए ।
घटना पश्चात फरार भएका कैलाश भन्ने रोहन नेपालीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको प्रहरीले जनाएको छ ।