लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’बन्द हुदैँ

   १२ माघ २०७७, सोमबार १४:२८  

 

११ माघ, रौतहट ।

भारतीय व्यंग्यकार कपिल शर्माको लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’ ले दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्दै आएको छ । कपिल शर्मा कमेडी शोको संसारभरीका मानिसहरुले धेरै प्रशंसा गर्छन् ।

लकडाउनपछि पनि यो शो पुन शुरु भएको छ र लगातार फ्यानलाई मनोरञ्जन गराइरहेको छ । तर कपिल शर्माका प्रशंसकका लागि एउटा दुस्खको खबर आएको छ । द कपिल शर्मा शोको यो सीजन अब समाप्त हुन लागेको छ ।

पछिल्लो रिपोर्टका अनुसार द कपिल शर्मा शोको यो सीजन अब अफ एयर हुन लागेको छ । शो बारेमा छिट्टै अफिशियल घोषणा पनि गरिँदैछ । यो सीजन सकिनासाथ यसको अर्को सीजन पनि ल्याइनेछ ।

त्यति समयसम्म दर्शकले ताजा एपिसोडका लागि दर्शकले प्रतिक्षा गर्नु पर्नेछ । एजेन्सी