विश्वभर लगभग १० करोड जनामा कोरोनाभाइरस संक्रमण

   १२ माघ २०७७, सोमबार ११:३५  

१२ माघ, रौतहट । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ करोड ५८ लाख ८६ हजार जनामा कोरोनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड १७ लाख ४१ हजार जना भन्दा बढि छन् ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ९७ लाख ६८ हजार नाघेको छ भने मृतकको संख्या २१ लाख ३८ हजार ९४२ जना पुगेको छ ।

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १० हजार ३६२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ करोड ५७ लाख २ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख २९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ करोड ५४ लाख ९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९८ लाख ६२ हजार जनामा भाइरस सक्रिय छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ करोड ६ लाख ६८ हजार ३५६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दोस्रो नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५३ हजार ५०३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ करोड ३ लाख २८ हजार ७३८ जना निको भएका छन् । सक्रिय केस १ लाख ८६ हजार ११५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा ८८ लाख ४४ हजार जना संक्रमितमध्ये ७६ लाख ५३ हजार निको भइसकेका छन् । मृत्यु हुने भने २ लाख १७ हजारभन्दा बढी छन् । हाल ९ लाख ७३ हजार जनामा कोरोना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६९ हजार ४५० जना पुगेका छन् भने २ लाख ६४ हजार १७३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार १ पुगेको छ भने ३ हजार ३१२ जना उपचाररत छन् ।