पशुपतिनाथ मन्दिरमा आज प्रधानमन्त्री ओलीले गरे विशेष पूजा

   १२ माघ २०७७, सोमबार ११:११  

१२ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्तिका लागि विधिपूर्वक पुजा गरेका छन् ।

ओलीले पत्नी राधिका शाक्यसहित आज बिहान करिब ८ बजेको समयमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए ।

साहीे अवसरमा ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा जानकारी समेत जानकारी लिएको ढकालले बताए ।

यस्तै, पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन ।