४९ वर्षको उमेरमा बेहुला बने मुख्यमन्त्री

   ११ माघ २०७७, आईतवार १५:१३  

११ माघ, रौतहट । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा आज बेहुला बनेका छन् ।

मुख्यमन्त्री राईले ४९ वर्षको उमेरमा २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् ।

बेहुला मुख्यमन्त्री

राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा कोरोना संक्रमणको समय भएको भन्दै मुख्यमन्त्री राईले सानो संख्यामा जन्ती लिएर  बेहुली लिन पुगेका हुन् ।

मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुख्र्यौली संखुवासभाको छन् ।