आज वरुण धवन वैवाहिक जीवनमा बाँधिदै

   ११ माघ २०७७, आईतवार १४:३६  

११ माघ, रौतहट ।

बलिउडका लोकप्रिय अभिनेता वरुण धवन आज आफ्नो वैवाहिक जीवनमा बाँधिदैछन् । उनी आज आफ्नी प्रेमिका नताशा दलालसंग विवाह गर्दैछन् । अहिले उनको विवाहको खबर लगातार चर्चामा रहेको छ ।

उनको विवाह समारोह आयोजना हुने स्थलले उनका प्रसंशकहरुमा भिन्दै उत्साह उत्पन्न गराएको छ । त्यसैले सेलिब्रेटीहरु विवाह गर्दा समारोहस्थलमा विशेष ध्यान दिने गर्छन् । वरुण धवनले पनि आफ्ना प्रशंसकहरुलाई निराश बनाएका छैनन् । धेरै सोचविचार गरेपछि उनको विवाहको सबै समारोह अलीबागमा स्थित द मेन्शन हाउसमा हुन लागेको छ ।

यो वेडिङ भेन्यूको हरेक पक्ष अति नै विशेष र अनौठो रहेको छ । द मेन्शन हाउस २५ वटा कोठा भएको भव्य भिल्ला हो ,जहाँ हरेक किसिमका सुविधाहरु देख्न पाइन्छ । त्यहाको फर्निचरदेखि डेकोरेशनसम्म सबै कुरा शाही शैलीको छ । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरुमा एउटा स्विमिङ पूल पनि देख्न सकिन्छ । रुखको छहारीमा पाहुनाले स्विमिङको फाइदा उठाउन सक्छन् ।

त्यति मात्र नभएर साँझको समयमा उक्त भिल्लाको टेरिसमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्न सक्ने सम्भावना छ । अस्ताउँदै गरेको सूर्य बीचमा टेरिस अत्यन्त सुन्दर देखिन्छ । राति उक्त भिल्ला झन् बढि सुन्दर र आकर्षक देखिन्छ । आकर्षक बत्तिका कराण समुद्रको किनार स्थित उक्त भिल्ला झन् धेरै भव्य देखिन्छ ।

त्यसो त जति यो भिल्ला आलिशान र सुविधायुक्त भएका कारण भव्य देखिन्छ, त्यसको भाडा पनि त्यति नै धेरै छ । सूत्रका अनुसार उक्त स्थानको एक दिनको भाडा चार लाख रुपैयाँ भारतीय रहेको छ । यो हिसाबले वरुण धवनले तीन दिनको कार्यक्रमका लागि १२ लाख भारु तिर्नेछन् ।

उनले आफ्नो विवाहमा पाहुना धेरै कम बोलाएका त छन् तर वेडिङ भेन्यूको सुन्दरताका लागि कुनै सम्झौता गरेका छैनन् । एजेन्सी