स्पेनिस ला लिगाः रियल मड्रिड विजयी

   ११ माघ २०७७, आईतवार १०:४५  

११ माघ, रौतहट । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा आल्भेसलाई पराजित गरेको छ । शनिवार राति करिम बेन्जिमाको दुई गोलमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । रियलको जितमा बेन्जिमाको दुई गोलसँगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे ।

घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काएका थिए । रियल ४० अंक सहित दोस्रो र आल्भेस १८ अंक सहित रेलिगेशन जोन भन्दामाथि रहेको छ ।