उतराखण्डमा १९ वर्षिय किशोरी एक दिनको मुख्यमन्त्री

   ११ माघ २०७७, आईतवार ०८:५४  

११ माघ, रौतहट । भारतको उतराखण्डमा १९ वर्षिया एक किशोरी आज एक दिनका लागी मुख्यमन्त्री बन्दै छिन ।

अनिल कपुरले अभिनय गरेको भारतीय सिनेमा नायक जस्तै उतराखण्ड हरिद्धार जिल्लाको दौलतपुर गाँउकी सृष्टि गोस्वामीलाई आज एक दिनको लागी साँच्चिकै मुख्यमन्त्री बनाइने छ ।

२४ जनवरीमा बालिका दिवसको दिन उनलाई उतराखण्ड सरकारले नै एकदिनको लागी मुख्यमन्त्री बनाउन लागेको उतराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जनाएकी छिन । उनका अनुसार उतराखण्ड सरकारले बालिका सशक्तिकरणको जागरुकता फैलाउन यो काम गर्न लागिएको हो ।

एक दिनको मुख्यमन्त्री बन्ने गोस्वामी राज्यको पहिलो महिला मुख्यमन्त्री पनि हुने छिन । आजै बाल विधान सभामा गोस्वामी मुख्यमन्त्रीको रुपमा उपस्थीत रहने छिन । आज विभागिय अधिकारीहरुले आफ्नो कामको जानकारी मुख्यमन्त्रीलाई दिने छन भने उनले पनि अधिकारीहरुलाई कामका बारेमा सुझाव दिने छिन ।

एकदिनको मुख्यमन्त्री बन्न लागेकी सृष्टि गोस्वामीले सामाजिक संजालमा एक बयान जारी गर्दै आफु निकै खुशी भएको र आजको दिन आफुले बालबालिकाको लागी महत्वपूर्ण सुझावहरु दिने बताएकी छिन ।

को हुन सृष्टि गोस्वामी ?

सृष्टि बीएसएम पीजी कलेज रुड़कीमा बीएससी कृषि सातौं सेमेस्टर विद्यार्थी हुन । उनी हरिद्वार जिल्लाको दौलतपुर गाउँमा बस्छिन । उनी अहिले उत्तराखण्डको बाल विधान सभाको मुख्यमन्त्रीको पदमा कार्यरत छिन । गोस्वामीका बुबा एक व्यापारी हुन र उनकी आमा गृहणी हुन ।

उनले धेरै योजनाहरूमा काम गरिसकेकी छन र अन्तर्राष्ट्रिय बालिका बाल दिवसका धेरै कार्यक्रमहरूमा पनि भाग लिएकी छन ।