जहाज ए ३३० मा आइपुगे १७ नेपालीको शव
१० माघ, रौतहट । एउटै जहाजमा मलेसियाको क्वालालाम्पुरबाट शनिबार १७ वटा शव नेपाल ल्याइएको छ । यस प्रयोजनका लागि नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पठाएको थियो ।
हिजो राती ११ बजे जहाज क्वालालाम्पुर उडेको हो । मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका थिए ।
नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।
यतिबेला विमानस्थल बाहिर शववाहन गाडीहरु तयारी अवस्थामा राखिएको छ । विमानस्थलका अनुसार तोकिएको समयमै शव लिएर विमान नेपाल आएपनि अहिले कागजपत्र मिलाउने काम भैइरहेको छ ।






