आगामी सिजनमा मलको अभाव नहुने
९ माघ, रौतहट । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनमा मलको अभाव नहुने बताएको छ ।
बर्सेनि मल अभाव भएर चर्को आलोचना खेपिरहेको मल अभाव समस्या दीर्घकालिन रूपमै समाधान गर्न मन्त्रालय लागि परेको कृषि सचिव योगेन्द्र कुमार कार्कीले जानकारी दिएका हुन् ।
‘हामीले मल अभाव हुन नदिन विभिन्न योजना बनाएका छौं, अब अभाव हुँदैन,’ उनले भने।
‘आगामी वर्षको बजेट जेठमा आउँछ । बजेट बिनियोजन साउनमा हुन्छ । साउनमा पैसा आएर टेण्डर गर्दा मल ढिला आउँछ,’ उनले भने, ‘त्यसैले आगामी वर्षका लागि यही वर्ष टेण्डर गर्छौं ।’
सरकारले चालू आर्थिक वर्ष २०७७र७८ मा मल किन्न ११ अर्ब रूपैयाँ बजेट बिनियोजन गरेको थियो ।