भारतले सहयोग गरेको कोरोना खोप नेपाल पुगे

   ८ माघ २०७७, बिहीबार १२:५८  

८ माघ, रौतहट । भारतले सहयोग स्वरुप दिएको अनुदानको १० लाख कोरोना बिहीबार बिहान नेपाल आइपुगेको छ ।

आज बिहान एयर इन्डियाको बिमान कोरोना खोपको लिएर काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको हो ।

नेपाल ल्यान्ड भएको खोप ५ दिनभित्र मुलुकभरि पठाइसकिने तयारी सरकारले गरेको छ । यो खोप कोभिड १९ विरुद्ध फ्रन्ट लाइनमा रहेका मानिसहरुलाई दिइने जनाइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले १० लाख डोज खोप लिएर नेपालका लागि विमान उडेको जनाएका थिए ।

उनका अनुसार आजै बंगलादेशलाई पनि भारतले खोप पठाएको छ ।