मलेशियामा विभिन्न कारणले मृत्यु भएका नेपालीहरुको शव अलपत्र

   ७ माघ २०७७, बुधबार १४:०१  

७ माघ, रौतहट । मलेशियामा विभिन्न कारणले मृत्यु भएका नेपाली कामदारका शवहरू अलपत्र परेका छन् । वैदेशिक रोजगारको लोभमा गएर विभिन्न कारणले मृत्यु भएका ३५ नेपालीको शवहरू विभिन्न अस्पतालमा अलपत्र परेका हुन्।

मलेशिया र नेपालबीच कोभिड १९ का कारण आवतजावतमा कडाइ भएकाले हुने नियमित उडानहरू नहुदा ती शव हरु पठाउन नसकेको मलेशियास्थित समाचार संस्थाहरुले जनाएको छ ।

दूतावासल अहिले भइरहेका उडानहरूमा पनि कम्पनीले साना जहाज मात्र उडाइरहेकोले नेपाल वायुसेवा निगमको ठूलो वाइडबडी जहाज पठाइदिन आग्रह गरेको छ ।

मलेशियामा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्या लगायतले ज्यान गुमाउनेहरु रहेका छन् ।कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको उतै अन्तिम संस्कार गर्ने गरिएको छ ।

गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको बोर्डको तथ्याङ्क अनुसार हेर्न सकिन्छ । विभिन्न देशमा गरेर कुल ६५६ जना वैदेशिका रोजगारमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क छ।