सैफ करिनाको घरमा सुरक्षा बढाइयो

   ५ माघ २०७७, सोमबार १३:२७  

५ माघ, रौतहट ।

टेलिभिजन वेब सिरिज ‘ताण्‍डव’ विवादमा परेको छ। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का सांसदसहित कार्यकर्ताहरु र हिन्दु धार्मिक संघसंगठन कडा विरोधमा उत्रिएका छन्।

यसको सिरिजका मुख्य कलाकार सैफ अली खानको निजी जीवनमा पनि विवादको असर परेको छ। उनीमाथि आक्रमण हुनसक्ने सम्भावनालाई विश्लेषण गर्दै मुम्बई प्रहरीले सुरक्षा बढाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बान्द्रास्थित निवासमै हमला हुनसक्ने देखेर घरबाहिर प्रहरी परिचालन गरिएको छ।

ताण्डवको प्रदर्शनमा रोक लगाउन र कलाकार, निर्देशक र निर्मातामाथि कडा कारवाहीको माग गर्दै बीजेपी विधायक राम कदमले मुम्बईको घाटकोपर पुलिस थानामा मुद्दा दर्ता गरेका छन्। उनले अनेजनविरुद्ध पनि मुद्दा दिएका हुन्। एजेन्सी