सप्तरीमा आगलागीबाट २० लाख बराबरको क्षति
५ माघ, रौतहट । सप्तरीमा भएको आगलागीमा चार घर जालेर नष्ट भएको छ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर २ बस्ने सकरदहीका जगन सुतिहारको गाईरगोठबाट सुरु भएको आगोले दुर्गानन्द सुतिहार, नारायण सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिएका हुन् ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित करिब २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि यादवले जनाएका छन् ।
आगो स्थानीयबासीन्दा, वारुणयन्त्र तथा सुरक्षाकर्मीको टोलीले निभाएको समेत यादवले जनाएका छन् ।






