स्पेनीस सुपर कपको उपाधि एथ्लेटि विल्बाओको नाम
५ माघ, रौतहट । स्पेनीस सुपर कपको उपाधि एथ्लेटिको विल्बाओले आफ्नो नाम गरेको छ । सेभियाको मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा बार्सिलोनालाई ३–२ गोलको अन्तरले पराजित गर्दै एथ्लेटिकले उपाधि जितेको हो ।
खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटमा डी मार्कोसको गोलमा एथ्लेटिकले खेल बराबरी गर्न सफल भयो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फेरी ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ९० औं मिनेटमा एसेइरले गोल गरेपछि पुनः २–२ गोलको अवस्थामा पुग्यो ।
निर्धारीत ९० मिनेट दुई दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरीक्त समयमा पुगेको थियो । जसमा खेलको ९३ औं मिनेटमा विलियम्सको गोलमा एथ्लेटिकले उपाधि उचाल्न सफल भयो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो ।