ट्याक्टरमा सुमो ठोक्किँदा एकजनाको मृत्यु
४ माघ, रौतहट । सप्तरीमा आज बिहान भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ ।
खड्क नगरपालिका ८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतककोे नाम, थर र वतन भने नखुलेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको हो । दुर्घटनामा सुमोका चालक पाँचथर फिदिम नगरपालिका ३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन् ।
सुमो, ट्याक्टर र त्यसका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।