बरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

   ४ माघ २०७७, आईतवार १२:३१  

४ माघ, रौतहट । कैलालीमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

शनिबार राति २७ वर्षीया ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका २ उदासी टोल का ३० वर्षीय कमल नेपालीलाई हिजो राति नै पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको र फरार भएका आरोपीको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ ।