निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै

   ४ माघ २०७७, आईतवार १२:१९  

४ माघ, रौतहट । निर्वाचन आयोगले आइतबार सर्वदलीय छलफल गर्दै छ ।

आज हुने छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष्त तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते (आइतबार) संसद विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।