प्रधानमन्त्री कपः कर्णाली प्रदेशविरुद्ध आर्मीले ब्याटिङ गर्दै

   ४ माघ २०७७, आईतवार ११:२३  

४ माघ, रौतहट । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा अहिले कर्णाली प्रदेशविरुद्ध आर्मीले ब्याटिङ गर्दैछ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ रोजेको हो । टीमका कप्तान विनोद भण्डारी लगातार दोस्रो जित निकाल्ने मनशायले मैदान उत्रिएका छन् । कर्णाली प्रदेशले भने प्रतियोगिताको आफ्नो पहिलो खेल खेलिरहेको हो ।

त्यस्तै आजै हुने अर्को खेलमा विभागीय टीम पुलिसविरुद्ध वाग्मतीले फिल्डिङ गर्ने भएको छ । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोजेका थिए । दुवै टिम प्रतियोगिताको पहिलो खेल खेल्दैछन् ।

मन्जित श्रेष्ठ कप्तानी पुलिस टिमले ब्याटिङ गर्दै खेलको शुरुवात गर्नेछ ।