चौथो टेस्टः अस्ट्रेलियाले पहिलो पारीमै ३६९ रन बनाए

   ३ माघ २०७७, शनिबार १२:२०  

३ माघ, रौतहट । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको ५ विकेट गुमायो ।

आजै भारतले पहिलो पारी सुरु गरेको छ । पानी परेर खेल प्रभावित बन्नुअघि भारतले २ विकेटको नोक्सानीमा ६२ रन बनाएको छ । ओपनर ब्याट्सम्यान रोहित शर्मा ४४ र शुभम् गिल ७ रन बनाएर आउट भए । चेतेश्वर पूजारा ८ र कप्तान अजिंक राहाने २ रन बनाएर क्रिजमा छन् ।