मुम्बईमा उपचार गराएर प्रचण्ड पत्नी सीता स्वदेश फर्के

   २ माघ २०७७, शुक्रबार १३:१६  

२ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल भारतको मुम्बईबाट उपचार गरेर स्वदेश फर्केकी छन् ।

दुई छोरीसँग सीता बिहीबार नेपाल फर्केकी हुन् ।

प्रचण्डसहित उनी यही पुस २० गते मुम्बई गएकी थिइन् । प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि स्वदेश फर्केकी छन्।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट सीता पीडित छिन् ।

यसअघि उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।