बस दुर्घटना हुँदा तीन जना घाइते, चालकको अवस्था गम्भीर
१ माघ, रौतहट । काठमाडौँमा भएको बस दुर्घटनामा परी तीन जना सामान्य घाइते भएका छन्, भने चालकको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिएका हुन् ।
आज बिहान दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ, तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए ।
\बसमा तीन जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।






