टोरिनोलाई पराजित गर्दै मिलान क्वार्टरफाइनलमा

   २९ पुष २०७७, बुधबार १०:५६  

२९ पुस, रौतहट । इटालियन सिरी ए फुटबलका लिग लिडर एसी मिलान कोपा इटालियन फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा टोरिनोलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै मिलानले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

मिलानको मैदानमा निर्धारित र थप गरिएको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीअघि घरेलु टिम मिलान १० खेलाडीमा समेटिएको थियो ।