माघ पहिलो साता कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने तयारी
द नेपाल मिडिया
२८ पुष २०७७, मंगलवार ११:४४
२८ पुस, रौतहट । माघ महिनाको पहिलो साता कक्षा १२ को नतिजा आउने भएको छ ।
माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलले जनाएका हुन् ।
पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले जनाएका छन् ।






